इजरायली आक्रमणमा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणमा परी संयुक्त राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु भएको छ । इजरायलले गाजाको एक विद्यालयमा बुधबार गरेको हवाई हमलामा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु भएको हो । नुसेरात शरणार्थी शिविरस्थित अल–जाउनी स्कुलमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको र हराजौँ प्यालेस्टिनी विस्थापित भएको गाजामा हमासको अधिनमा रहेको नागरिक रक्षा एजेन्सीले जनाएको छ । […]

Sep 12, 2024 - 11:31
 0
इजरायली आक्रमणमा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणमा परी संयुक्त राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु भएको छ ।

इजरायलले गाजाको एक विद्यालयमा बुधबार गरेको हवाई हमलामा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु भएको हो ।

नुसेरात शरणार्थी शिविरस्थित अल–जाउनी स्कुलमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको र हराजौँ प्यालेस्टिनी विस्थापित भएको गाजामा हमासको अधिनमा रहेको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

विद्यालयबाट आतंकवादीहरुमाथि नियोजित आक्रमण गरेको र सर्वसाधारणलाई क्षति नपुर्‍याउने प्रक्रिया पनि अपनाएको इजरायली सेनाले बताएको छ ।

गाजामा जारी आक्रमण पूर्णरुपमा अस्वीकार्य भएको संयुक्त राज्यका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । विगत ११ महिनामा विद्यालयमा भएको यो पाँचौँ आक्रमण हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register