सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव पारस खड्का के भन्छन् ?

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सन्दीप लामिछानेको भिसाको अन्योलताबारे आएका खबरबारे प्रष्टिकरण दिएका छन् । मंगलबार राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सचिव खड्काले सन्दीपको भिसाबारे उठेका प्रश्नको जवाफ दिँदै ‘प्रक्रिया सकारात्मक रुपमा अघि बढेको’ बताए । अमेरिकाले भिसा नदिँदा सन्दीपले टी–२० विश्वकपका केही खेल गुमाएका थिए । ‘टोली क्यानडाबाट अमेरिका जानु पर्ने […]

Sep 10, 2024 - 07:59
 0
सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव पारस खड्का के भन्छन् ?

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सन्दीप लामिछानेको भिसाको अन्योलताबारे आएका खबरबारे प्रष्टिकरण दिएका छन् ।

मंगलबार राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सचिव खड्काले सन्दीपको भिसाबारे उठेका प्रश्नको जवाफ दिँदै ‘प्रक्रिया सकारात्मक रुपमा अघि बढेको’ बताए ।

अमेरिकाले भिसा नदिँदा सन्दीपले टी–२० विश्वकपका केही खेल गुमाएका थिए ।

‘टोली क्यानडाबाट अमेरिका जानु पर्ने भएकोले आवश्यक परेका सबै प्रक्रिया हामीले पूरा गरेका छौँ । यसबारे हामी चाँडै नै घोषणा गर्ने छौँ, ’ सचिव खड्काले भने,‘पोजेटिभ ग्रिन सिग्नल सबै तिरबाट आइसकेको छ। मुद्दा पनि बन्द भइसकेकोले नयाँ सोच विचारको साथ अघि बढ्नु पर्छ भनेर त्यहीँ हिसाबले अगाडि बढिरहेका छौँ,।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register