दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्बमा खुम्चियो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीका ९३ हजार ४ सय ५९ पटकको कारोबारमा १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको […]

Sep 10, 2024 - 10:35
 0
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्बमा खुम्चियो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

आज ३२८ कम्पनीका ९३ हजार ४ सय ५९ पटकको कारोबारमा १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ रहेको छ ।

६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् । १३ उपसमूहमध्ये ११ वटा घट्दा व्यापार इन्डेक्स दोहोरो अंकले बढेको छ भने होटेल र पर्यटन उपसमूह स्थिर रहेको छ ।

मंगलबार मानुषी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register