रवि लामिछानेलाई पोखरामा कालो झन्डा, कडा सुरक्षाका बीच ग्यालेक्सी ब्यांक्वेटमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पोखरामा जाँदा विरोध प्रदर्शन भएको छ । अरू बेलामा भव्य स्वागत हुने पोखरामा आज भने ठुलो समूहले कालो झन्डा देखाएका छन् । उनीहरु सहकारपीडितहरू हुन् । रवि पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झन्डा देखाएपछि प्रहरीले […]

Sep 10, 2024 - 08:31
 0
रवि लामिछानेलाई पोखरामा कालो झन्डा, कडा सुरक्षाका बीच ग्यालेक्सी ब्यांक्वेटमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पोखरामा जाँदा विरोध प्रदर्शन भएको छ । अरू बेलामा भव्य स्वागत हुने पोखरामा आज भने ठुलो समूहले कालो झन्डा देखाएका छन् । उनीहरु सहकारपीडितहरू हुन् ।

रवि पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झन्डा देखाएपछि प्रहरीले कडा सुरक्षा दिएको छ ।

रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ ।

प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारीकै लगानीमा गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन चलाएको थियो । रवि लामिछाने शेयर होल्डर तथा प्रबन्ध निर्देशक थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register