मंगलबार १३.०९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा पुगेको हो । नेप्समा कुल ३ सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा […]

Sep 10, 2024 - 10:35
 0
मंगलबार १३.०९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा पुगेको हो ।

नेप्समा कुल ३ सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार हाइड्रोइलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २९ करोड ८१ लाख ५४ हजार ७७. ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागको हो ।

यता, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register