दुर्घटनामा परिन् रश्मिका

काठमाडौं । अभिनेत्री रश्मिका मन्डन्ना दुर्घटनामा परेकी छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार हालसालै दुर्घटना भएको हो । तर, कहाँ र कहिले दुर्घटना भएको खुलाइएको छैन । उनी अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरेर बसेकी छन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमार्फत् फ्यानलाई आफ्नो स्वास्थ्यको अपडेट दिएकी छिन् । मन्डन्नाले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेकी छन्, ‘नमस्ते, तपाइँहरु सबैलाई […]

Sep 10, 2024 - 10:55
 0
दुर्घटनामा परिन् रश्मिका

काठमाडौं । अभिनेत्री रश्मिका मन्डन्ना दुर्घटनामा परेकी छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार हालसालै दुर्घटना भएको हो । तर, कहाँ र कहिले दुर्घटना भएको खुलाइएको छैन । उनी अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरेर बसेकी छन् ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जालमार्फत् फ्यानलाई आफ्नो स्वास्थ्यको अपडेट दिएकी छिन् ।

मन्डन्नाले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेकी छन्, ‘नमस्ते, तपाइँहरु सबैलाई कस्तो छ ? मलाई थाहा छ म यहाँ आएको र सार्वजनिक रूपमा आएको लामो समय भयो । लामो समयदेखि सक्रिय नहुनुको कारण मेरो दुर्घटना हो । मेरो रिकभरी भइरहेको थियो र डाक्टरको सल्लाहमा म घरमै थिएँ ।’

अभिनेत्रीले थप लेखेकी छिन्, ‘अहिले म ठिक छु र सतर्क रहन आफ्नो गतिविधिमा निकै सक्रिय हुने चरणमा छु । आफ्नो ख्याल राखेर सधैं आफ्नो प्राथमिकता बनाउनुहोस् । किनकि जीवन धेरै नाजुक र छोटो छ र हामीलाई थाहा छैन कि हामी भोलि त्यहाँ छौं कि छैनौं त्यसैले हरेक दिन खुशी रोज्नुहोस् । अर्को अपडेट यो छ कि म धेरै लड्डू खाइरहेको छु ।’

रश्मिका मन्डन्नाको पछिल्लो रिलिज फिल्म २०२३ को ब्लकबस्टर हिट एनिमल थियो ।

छिट्टै उनी ६ ठूला फिल्ममा देखिदैँछिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register