पञ्चकन्या समूहले मनायो ५२ वर्षको उत्कृष्टताको उत्सव

काठमाडौं । निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह पञ्चकन्या समूहले ५२ वार्षिकोत्सव मनाएको छ । विभिन्न कार्यक्रम गरेर साताव्यापी उत्सव मनाएको समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ । कृकसल, फुटसल, टेबलटेनिस, पेन्टबल, ब्याट्मिन्ट्न जस्ता विभिन्न खेलहरूको आयोजना गरेर वार्षिकोत्सव मनाएको […]

Sep 12, 2024 - 07:31
 0
पञ्चकन्या समूहले मनायो ५२ वर्षको उत्कृष्टताको उत्सव

काठमाडौं । निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह पञ्चकन्या समूहले ५२ वार्षिकोत्सव मनाएको छ ।

विभिन्न कार्यक्रम गरेर साताव्यापी उत्सव मनाएको समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ ।

कृकसल, फुटसल, टेबलटेनिस, पेन्टबल, ब्याट्मिन्ट्न जस्ता विभिन्न खेलहरूको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।
पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ प्रमाणपत्र र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गर्ने देशकै पहिलो स्टील कम्पनी हो ।

वार्षिकोत्सवको अवसरमा पञ्चकन्या समूहले भनेको छ, ‘अढाई दशकभन्दा बढी समयदेखि पञ्चकन्या समूहले एक बलियो, दिगो नेपाल निर्माणमा अग्रणी भूमिका खेल्दै आएको छ । हाम्रो अटल समर्पणले हामीले दृष्टिलाई वास्तविकतामा परिणत गर्दै विश्वास, गुणस्तर, र नवीनताको एक धरोहर सिर्जना गरेका छौँ ।’

नेपाल गुणस्तर विभागले प्रदान गर्ने एनएस अवार्ड पनि सबैभन्दा पहिले सन् १९९९ मा यसै समूहको पञ्चकन्या आइरनले पाएको थियो ।

साथै, यही अवार्ड सन् २००८ मा पञ्चकन्या प्लास्टिकले पाएको थियो । त्यस्तै, सन् २०१२ मा पञ्चकन्या प्लाष्टले पनि यो अवार्ड पायो । समूहले ११ वर्षअघि नै भवन तथा संरचना निर्माणमा चाहिने सिमेण्ट–कङ्क्रिटको मिश्रणलाई तयारी अवस्थामा निर्माणस्थल पुर्‍याउने र प्रयोग गर्ने कामको थालनी गरेको हो ।

पञ्चकन्या समूहले निर्माणसँग सम्बन्धित बिटुमिन एण्ड ब्यारेल, वायर, पाइप तथा फिटिङ, झ्याल, ढोका, पार्टिशन, फर्निचरलगायत सामग्री उत्पादन गर्छ ।

पञ्चकन्या समूहका रेडिमिक्स कङ्क्रिट, स्टेनलेश स्टील ट्याङ्की, एग्रिगे्रट्स र फर्निचरका पाँच उद्योग काठमाडौंमै छन् ।
समूहले अन्तरराष्ट्रिय व्यापार, औद्योगिक उत्पादन, निर्माण तथा उर्जा र बैङ्कमा लगानी गरेको छ ।

समूहले उत्पादन नगर्ने तर निर्माण परियोजनालाई चाहिने सामग्री भने आयात गरी विक्रीवितरण गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register