प्रकाश सपुतले फेरि ‘जात’सम्बन्धी नै अर्काे फिल्म ‘वसन्त’ बनाउँदै, यस्तो छ फस्टलुक 

काठमाडौं । गीति फिल्म तथा फिल्ममा जातीय विभेद उठाइरहने प्रकाश सपुतको फेरि अर्को सोही कथामा फिल्म आउँदैछ । उनको आउँदो फिल्म ‘वसन्त’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रकाश सपुतको निर्देशन रहने फिल्मको फस्टलुक पोस्टर हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको हो । पोस्टरमा फिल्मका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको […]

Sep 6, 2024 - 14:11
 0
प्रकाश सपुतले फेरि ‘जात’सम्बन्धी नै अर्काे फिल्म ‘वसन्त’ बनाउँदै, यस्तो छ फस्टलुक 

काठमाडौं । गीति फिल्म तथा फिल्ममा जातीय विभेद उठाइरहने प्रकाश सपुतको फेरि अर्को सोही कथामा फिल्म आउँदैछ । उनको आउँदो फिल्म ‘वसन्त’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

प्रकाश सपुतको निर्देशन रहने फिल्मको फस्टलुक पोस्टर हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको हो ।

पोस्टरमा फिल्मका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको पोसाकमा देखाइएको छ ।

पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । फिल्मको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो ।

कथा र सङ्गीत समेत सपुतकै रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा छन् ।

अनुरोध भट्टराई र नाना थकाली पनि निर्माता हुन् । केही अगाडि बागलुङकै कालिका मन्दिरमा शुभसाइत गरिएको फिल्मको छायाङ्कन शनिबारबाट सुरु हुनेछ ।  फिल्मको प्रदर्शन आगामी चैत २२ गते तय गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register