नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौँ ।  नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देही जिल्लामा रहेको आफ्नो भैरहवा शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका-५, बैंक रोडमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो । नयाँ भवन परिसरको उद्धघाटन बैंकका प्रबन्ध निर्देशक तथा सीईओ दीपक कुमार देले गरेका हुन् । सो भवनबाट बैंकले सेवा प्रदान […]

Sep 10, 2024 - 11:35
 0
नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौँ ।  नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देही जिल्लामा रहेको आफ्नो भैरहवा शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका-५, बैंक रोडमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो ।

नयाँ भवन परिसरको उद्धघाटन बैंकका प्रबन्ध निर्देशक तथा सीईओ दीपक कुमार देले गरेका हुन् । सो भवनबाट बैंकले सेवा प्रदान गर्न थालिसकेको छ ।

भवन उद्धघाटन कार्यक्रममा बैंकका डीसीईओ तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख संचालन अधिकृत यादवेद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register