बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्‌मा पेस

काठमाडौं । बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रतिवेदन पेस गरेका हुन् । सभापति चालिसेले विधेयकले चेक अनादरसम्बन्धी कानूनी व्यवस्थालाई व्यवस्थित बनाउन उद्देश्य लिएको बताए । “चेक अनादरसम्बन्धी कानूनी व्यवस्थालाई व्यवस्थित बनाउन उद्देश्य विधेयकले लिएको छ,” उनले भने […]

Sep 10, 2024 - 12:11
 0
बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्‌मा पेस

काठमाडौं । बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रतिवेदन पेस गरेका हुन् ।

सभापति चालिसेले विधेयकले चेक अनादरसम्बन्धी कानूनी व्यवस्थालाई व्यवस्थित बनाउन उद्देश्य लिएको बताए । “चेक अनादरसम्बन्धी कानूनी व्यवस्थालाई व्यवस्थित बनाउन उद्देश्य विधेयकले लिएको छ,” उनले भने ।

अगाडि उनले भने, “आर्थिक कारोबारमा नगदसरह प्रयोग हुने चेकको विश्वसनीयतालाई थप प्रभावकारी बनाइ आउँदा दिनमा चेक अनादरबाट सिर्जित समस्या निवारण साथै चेकको विश्वव्यापी मान्यताको मर्मअनुसार प्रयोग गर्न र आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियालकपाको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा कुनै व्यक्ति तथा निकायबाट हुने आर्थिक क्रियाकलापलाई सुरक्षित र व्यवस्थित बनाइनेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register