चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूत र फिजी, न्यूजिल्याण्ड, पपुआ न्यूगिनी, भानाआटु, टुभालु, सोलोमन, आइल्याण्ड, सामोला, नाउरु, आइसल्याण्डको गैर आवासीय राजदूत पदमा समेत चार वर्षका लागि नियुक्तिका लागि […]

Sep 10, 2024 - 13:55
 0
चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूत र फिजी, न्यूजिल्याण्ड, पपुआ न्यूगिनी, भानाआटु, टुभालु, सोलोमन, आइल्याण्ड, सामोला, नाउरु, आइसल्याण्डको गैर आवासीय राजदूत पदमा समेत चार वर्षका लागि नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

गुरुङले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५–१५ हजार मेट्रिक टन गरि कूल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताए ।

बैठकले अर्थमन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने भूउपयोग दोश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै बैठकले राष्ट्रिय युवा परिषद्मा १५ जना र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण बिकास समितिमा चार राजपत्राङ्कीत पदहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register