झापामा प्रजातन्त्र सेनानीको लगत संकलन गरिने

बिर्तामोड, २ असोज । नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी र दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले कांग्रेस स्थापनाकालदेखि २०४६ सालसम्म पार्टीमै रहेर ओझेलमा परेका तथा दिवंगत प्रजातन्त्र सेनानीका परिवारको लगत संकलन गर्ने निर्णय गरेको हो । कांग्रेस स्थापनाकालदेखि पार्टीमै सक्रिय [...] The post झापामा प्रजातन्त्र सेनानीको लगत संकलन गरिने appeared first on Jhapa Online.

Sep 18, 2024 - 02:25
 0
झापामा प्रजातन्त्र सेनानीको लगत संकलन गरिने

बिर्तामोड, २ असोज । नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी र दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ ।

प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले कांग्रेस स्थापनाकालदेखि २०४६ सालसम्म पार्टीमै रहेर ओझेलमा परेका तथा दिवंगत प्रजातन्त्र सेनानीका परिवारको लगत संकलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस स्थापनाकालदेखि पार्टीमै सक्रिय रहेका तर विभिन्न कारणले ओझेलमा परेका प्रजातन्त्र सेनानीको लगत संकलन र खोजीकार्यले कांग्रेसलाई जीवन्त राख्न कोशेढुङ्गा सावित हुने प्रवक्ता ज्ञानमणि भुर्तेलले बताउनुभयो । संघको उपाध्यक्ष र प्रवक्तामा ज्ञानमणि भुर्तेल तथा कोषाध्यक्षमा सूर्य ढुङ्गाना मनोनित गरिएको सचिव पंकज घिमिरेले जानकारी दिनुभयो ।

The post झापामा प्रजातन्त्र सेनानीको लगत संकलन गरिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register