लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छैन । कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेका बेला […]

Sep 10, 2024 - 16:23
 0
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छैन ।

कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेका बेला मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

कांग्रेस–माओवादीको गठबन्धनबाट बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाइएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register