ओली भेट्न बालुवाटार पुगे रवि, उपसभामुख रानाबारे धारणा माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछाने प्रधानमन्त्री ओली भेट्न मंगलबार साँझ बालुवाटार पुगेका हुन् । भेटमा सभापति लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख इन्दिरा रानाबारे सरकारको धारणा  मागेको बताइएको छ । उनले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ […]

Sep 10, 2024 - 16:43
 0
ओली भेट्न बालुवाटार पुगे रवि, उपसभामुख रानाबारे धारणा माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछाने प्रधानमन्त्री ओली भेट्न मंगलबार साँझ बालुवाटार पुगेका हुन् । भेटमा सभापति लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख इन्दिरा रानाबारे सरकारको धारणा  मागेको बताइएको छ ।

उनले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ । उनको जिज्ञासामा  ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएको स्रोतको दाबी  छ ।

उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेको विषयलाई लिएर मंगलबार प्रतिनिधि सभा बैठकमा  सत्तापक्षका सांसदले राजीनामा मागेका  थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register