पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले वृद्धि

इस्लामावाद । पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैंक अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको छ । बैंकका अनुसार सन् २०२४ मा दुई अर्ब नब्बे करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । गत महिना साउदी अरबबाट ७१३ दशमलव एक […]

Sep 10, 2024 - 17:07
 0
पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले वृद्धि

इस्लामावाद । पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैंक अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको छ ।

बैंकका अनुसार सन् २०२४ मा दुई अर्ब नब्बे करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । गत महिना साउदी अरबबाट ७१३ दशमलव एक मिलियन डलर, संयुक्त अरब इमिरेट्सबाट ५३८ दशमलव चार मिलियन डलर, बेलायतबाट ४७४ दशमलव ८ मिलियन डलर र अमेरिकाबाट ३२२ दशमलव ४ मिलियन डलर विप्रषण आएको बैंकले जनाएको छ ।

विदेशमा रहेका कामदारले पठाएको विप्रेषणको पाकिस्तानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । पाकिस्तानले प्राप्त गर्ने विदेशी मुद्राको प्रमुख स्रोतमा विप्रेषण पनि एक हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register