कांग्रेसले भन्यो- उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, राजीनामा दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसलले उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले उपसभामुख रानालाई राजीनामा गर्न आग्रह गरेको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, “उपसभामुखले गर्नै नहुने काम गर्नुभयो । उहाँको […]

Sep 11, 2024 - 07:19
 0
कांग्रेसले भन्यो- उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, राजीनामा दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसलले उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले उपसभामुख रानालाई राजीनामा गर्न आग्रह गरेको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, “उपसभामुखले गर्नै नहुने काम गर्नुभयो । उहाँको कदमले देशकै शिर झुकाएको छ । उहाँको सचिवालयमार्फत परराष्ट्र हुँदै हुनुपर्ने काम उहाँ आफैँले गर्नुभयो । यो गम्भीर कुरा हो । उहाँले राजीनामा दिनुपर्छ । सबै प्रक्रियामा जानुभन्दा उहाँ आफैँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register