छानबिन समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास छः सभापति लामिछाने

सुदूरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् । धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए । सभापति […]

Sep 9, 2024 - 15:47
 0
छानबिन समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास छः सभापति लामिछाने

सुदूरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए ।

सभापति लामिछानेले आफ्नो बारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका भन्दै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे । “जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उनले भने,“यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।”

पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गरे । पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचढावबाट विचलित नभएर संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register