देउवाले गरे अमात्यको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २८ गते निधन भएको हो । सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । […]

Sep 15, 2024 - 16:28
 0
देउवाले गरे अमात्यको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २८ गते निधन भएको हो ।

सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै उनले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा अमात्यले पुर्‍याएको  सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेता आमात्यले नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । कांग्रेसको संगठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका संघर्ष र आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले अमात्यको निधनबाट एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register