श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान् ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले […]

Sep 11, 2024 - 12:19
 0
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई पक्राउ गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान् ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए ।

उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register