रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार मृत्यु हुनेमा विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् । यससँगै रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुगेको छ । यो भदौ १४ सम्मको तथ्यांक हो । मृत्यु हुनेहरुको ठेगाना खुलिसकेको छैन । सम्बन्धित निकायहरुसँग सोधपुछ […]

Sep 2, 2024 - 12:25
 0
रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार मृत्यु हुनेमा विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।

यससँगै रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुगेको छ । यो भदौ १४ सम्मको तथ्यांक हो ।

मृत्यु हुनेहरुको ठेगाना खुलिसकेको छैन । सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर ठेगाना पत्ता लगाउने प्रयास भइरहेको परराष्ट्र स्रोतले बतायो ।

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई भर्ती गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register