सरकारी कार्यालयमा टिएमएस बन्द गर्नु कति सही ? कति गलत ? के भन्छन् सेयर लगानीकर्ता ? 

काठमाडौँ । सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बन्द गर्ने सरकारको निर्णय अहिले चर्चामा छ । कर्मचारीहरु कार्यालय समयमा सेयर कारोबारमा व्यस्त हुँदा कार्यालयको सेवा प्रभावित भएको व्यापक गुनासोपछि सरकारले सरकारी कार्यालयमा टिएमएस बन्द गर्ने निर्णय गरेको हो ।  सोही निर्णय अनुसार सरकारले मातहतका मन्त्रालय तथा कार्यालयहरुलाई पनि कार्यालय समयमा टिएमएस नचल्ने व्यवस्था […]

Sep 11, 2024 - 12:59
 0
सरकारी कार्यालयमा टिएमएस बन्द गर्नु कति सही ? कति गलत ? के भन्छन् सेयर लगानीकर्ता ? 

काठमाडौँ । सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बन्द गर्ने सरकारको निर्णय अहिले चर्चामा छ । कर्मचारीहरु कार्यालय समयमा सेयर कारोबारमा व्यस्त हुँदा कार्यालयको सेवा प्रभावित भएको व्यापक गुनासोपछि सरकारले सरकारी कार्यालयमा टिएमएस बन्द गर्ने निर्णय गरेको हो । 

सोही निर्णय अनुसार सरकारले मातहतका मन्त्रालय तथा कार्यालयहरुलाई पनि कार्यालय समयमा टिएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिइसकेको छ । मंगलबार मातहतका कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी कार्यालयमा सेयर किनबेचमा प्रयोग हुने टिएमएस बन्द गर्न निर्देशन दिएको हो । 

तर, सरकारले यस्तो निर्देशन जारी गरेपछि सामाजिक सञ्जालमा सरकारको उक्त निर्णयप्रति मिश्रित प्रतिक्रिया आएका छन् । केहीले सरकारको उक्त निर्णय शतप्रतिशत सही भनिरहेका छन् भने केहीले धेरै सेयर लगानीकर्ता सरकारी कर्मचारी नै भएका बेला लगानीकर्ताको मनोबल नै गिराउने गरी सरकारी कार्यालयमा टिएमएस नै बन्द गर्ने निर्णय गरिनु ठिक नभएको प्रतिक्रिया दिएका छन् । 

यहीबीच अर्थ सरोकारले सरकारको उक्त निर्णय कस्तो लाग्यो ? भनेर गरेको प्रश्नमा नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मिश्रित प्रतिक्रिया दिइन् । उनले सरकारी कार्यालयका कर्मचारी बनेर हेर्दा सरकारको उक्त निर्णय सही भएको तर लगानीकर्ता भएर हेर्दा केही हदसम्म ठिक नभएको बताइन् । ‘कार्यालयमा समयमा सरकारी कर्मचारी सेयर बजारमै झुम्मिने हुँदा काम प्रभावित भएको गुनासो आएकै हो, जुन सत्य पनि थियो ।’, उनले भनिन्, ‘कर्मचारी बजारमै झुम्मिएर सेवा प्रभावित हुँदा अन्य सेक्टरका सेवाग्राहीले दुःख पाइरहेको अवस्थामा यो निर्णय सही हो ।’ 

तर, सरकारी कार्यालयमा सेयर कारोबारमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सेयर लगानीकर्ता भने त्यति खुसी नभएको पोखरेलको भनाई छ । उनले सेयर बजार सबैको लागि हो, सँधैको लागि हो भनिरहँदा यसरी प्रतिबन्ध नै लगाइदिएको भए हुन्थ्यो भन्ने पनि धेरै लगानीकर्तालाई लागेको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्, ‘यो निर्णयले प्रत्यक्ष रुपमा सेयर बजारमा कारोबार गर्नेलाई असर गर्छ ।’ 

त्यस्तै, उनले सेयर बजारमा कारोबार गर्ने सरकारी कर्मचारीको संख्या धेरै भए पनि लगानी त्यति धेरै ठूलो नभएकाले यो निर्णयले बजार प्रभावित नै हुने वा बजारमा दीर्घकालीन असर नपर्ने बताएकी छिन् । 

यता लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेलले सरकारले गरेको निर्णयलाई अन्यथा लिन नमिल्ने र सरकारी कर्मचारी पनि आफ्नो नीतिनियम अनुसार नै काम गर्नुपर्ने भए पनि यसरी ‘सेयर बजार गैरकानूनी हो’ भन्ने शैलीमा सेयर कारोबारमा पूर्ण बन्देज नै लगाउनु ठिक नभएको बताएका छन् ।  

‘सरकारले गरेको निर्णयलाई अन्यथा लिने कुरा भएन । सरकारी कर्मचारीले पनि आफ्ना नीति नियमानुसार नै काम गर्नुपर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै फुल्लेलले भने, ‘तर सोझै नभने पनि सेयर बजार गैरकानूनी हो भन्ने शैलीमा सेयर कारोबारमाथि प्रतिबन्ध नै नलगाइदिएको भए हुन्थ्यो भन्नेचाहिँ लागेको छ ।’ यद्यपि सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्न प्रतिबन्ध लगाउनुपर्ने कारण केही हदसम्म जायज पनि भएको फुल्लेलले बताएका छन् । 

तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ सेयर कारोबार गर्न बानी परेका वा निरन्तर बजारमा कारोबार गरिरहेकाहरुले जसरी पनि कारोबार गर्ने भएकाले पूर्ण रुपमा बन्देज नै लगाउनुलाई लगानीकर्ताले त्यति धेरै सकारात्मक रुपमा नलिएको फुल्लेलको भनाई छ । 

त्यस्तै, उनले सेयर बजारमा सरकारी कर्मचारीको संख्या धेरै भए पनि सरकारको यस्तो निर्णयले बजार प्रभावित नै हुन्छ कि भन्ने अवस्था नभएको बताएका छन् । भलै केही समय करोबार रकम केही खुम्चिन सक्ने सम्भावना देखिए पनि त्यसले बजारलाई दीर्घकालीन असर नगर्ने फुल्लेलको भनाई छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register