कोटीहोम घटना छानबिन समितिको निष्कर्ष: ज्यान लिने मनसायले प्रहरी र पत्रकारमाथि आक्रमण

रातको साढे १० बजे प्रहरी पक्राउ गर्न जाँदा विजय भण्डारीले भाडामा लिएका मानिसहरू परिचालन गरेर प्रहरीमाथि आक्रमण गर्न लगाएको समितिको निष्कर्ष छ । ज्यान मार्ने मनसायले २ जना प्रहरी र एकजना पत्रकारमाथि आक्रमण भएकोले कारबाही सिफारिस गरिएको छ ।

Sep 11, 2024 - 14:27
 0
कोटीहोम घटना छानबिन समितिको निष्कर्ष: ज्यान लिने मनसायले प्रहरी र पत्रकारमाथि आक्रमण

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

धर्मको नाउँमा धन्दा चलाउँदै हिँड्ने कृष्णमुर्ति जी महाराज बताउने विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको घटनामा बनेको छानबिन समितिले प्रहरी र पत्रकारमाथि ज्यान लिने उद्देश्यका साथ आक्रमण भएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको छ ।

घटनाका क्रममा खिचिएका विभिन्न फोटो, भिडियो र बयानहरूको आधारमा यो निष्कर्षमा समिति पुगेको जनाइएको छ ।

साउन ३२ गते राति कोटिहोम आयोजकले २ जना प्रहरीलाई रगताम्मे हुने गरी कुटपिट गरी घाइते बनाएका थिए ।

प्रहरीको टाउको फुट्ने गरी कुटेका कोटीहोम आयोजक भण्डारीको समूहले समाचार संकलनमा गएका नेपालभ्युजका पत्रकार श्यामसुन्दर पुडासैनीलाई पनि आक्रमण गरेका थिए ।

भोलिपल्ट भदौ १ मा गठन गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको छानबिन समितिले बुधबार काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।

पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य थिए । छानबिन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

कोटिहोमको अन्तिम दिन साउन ३२ गते पशुपतिमा कोटीहोम सकेर होटल जान लागेका भण्डारीलाई किर्ते मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

तर, उनका भक्तहरूको अवरोध गरेर २ जना प्रहरीलाई नै आक्रमण गरेर घाइते भएका थिए । त्यसपछि उनलाई गिरफ्तार गर्न गएको प्रहरी टोली फर्किएको थियो ।

पटकपटक जेल बसेका उनले प्रहरीबाट चारित्रिक प्रमाणपत्र ‘क्लियर’ बनाएको भन्दै सार्वजनिक गरेका थिए । सो बारे आफूहरू सोधपुछ मात्र गर्न खोजेको प्रहरीको भनाइ छ ।

प्रहरीको सीआरएस सिस्टममा भने उनी ‘मानव तस्करी, ठगीलगायतका थुप्रै मुद्दामा आरोपित र केही मुद्दामा जेल बसेका व्यक्ति उल्लेख छ ।

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

के छ छानबिन समितिको प्रतिवेदनमा ?

घटनाको भोलिपल्ट पक्राउबाट बच्न विजय भण्डारीले केही समर्थक बानेश्वर लगेर आफ्नो पक्षमा आन्दोलन गर्न लगाएका थिए । कोटीहोममा उठेको दान र चन्दाको पैसा खर्च गरेर उनले विभिन्न ठाउँबाट मान्छे भेला गरेका थिए ।

उनीहरूलाई भण्डारीले आफ्नो पक्षमा प्रदर्शन गर्न लगाएपछि स्थानीय छानबिन समिति गरेको थियो । सुरुमा १५ दिनको समय दिएको समितिले बयानका लागि बोलाउँदा भण्डारी आएनन् । जेल बसेर आएका र आफूविरुद्ध विभिन्न जाहेरी प्रहरीमा परेकाले भण्डारी पक्राउ पर्ने डरले बयान दिन नै गएनन्

समितिले घटनाको विभिन्न पक्षसँग जोडिएका व्यक्तिसँग बयान लियो । तर प्रहरी तथा पत्रकार कुट्ने घटनाको योजनाकार तथा मुख्य आरोपी भण्डारी नै बयानमा नआएपछि समितिको म्याद १० दिन थपिएको थियो । अन्तमा मानव सेवा फाउन्डेसनका अध्यक्ष र सो संस्थाका वकिलले भण्डारीलाई बयानका लागी ल्याएका थिए ।

छानबिन समितिले घटनाको मुख्य योजनाकार भण्डारी रहेको भन्दै कारबाही सिफारिस गरेको छ । रातको साढे १० बजे प्रहरी पक्राउ गर्न जाँदा भण्डारीकै आदेशमा उनले भाडामा लिएका मानिसहरूबाट २ जना प्रहरीलाई ज्यान मार्ने मनसायले आक्रमण गरेको प्रतिवेदनमा औँल्याइएको समितिका एक सदस्यले बताए ।

साथै घटनाको रिर्पाेटिङमा गएका पत्रकार पुडासैनीमाथि समेत आफ्नो विरुद्ध समाचार लेखेको भन्दै आयोजक भण्डारीले ज्यान मार्ने नियतले कुटपिट तथा लुटपाट गर्न लगाएको समितिको निष्कर्ष छ । घटनाको बारेमा देखिएका विभिन्न फोटो तथा भिडिओका आधारमा समिति यो निष्कर्ष पुगेको एक सदस्यले बताए ।

भड्काउपूर्ण अभिव्यक्ति नदिन सचेत

छानबिन समितिले कोटिहोमको नाममा अराजकता देखाएको भण्डारीको समूहलाई भड्काउपूर्ण अभिव्यक्ति नदिन समेत सचेत गराएको छ ।

आफूलाई पक्राउ गर्न प्रहरी आएपछि भण्डारीसहितका आयोजकले मुलुकलाई बङ्गलादेशभन्दा बेहाल बनाउने अभिव्यक्ति दिएका थिए ।

साथै प्रहरी समेत केही आक्रामक भएको भन्दै कमी कमजोरी सुधार गर्न समितिले सुझाव दिएको छ । प्रतिवेदनमा कोटीहोम आयोजकले आफ्नो समूहको कमजोरी भएको स्विकार्दै माफी मागेको र आउँदा दिनमा नदोहोरिने प्रतिबद्धता जनाएको समेत उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

पोखरामा गर्ने भनेको महायज्ञ भाँड्न खोजेको भन्दै विजय भण्डारीले दिए पत्रकार ढुङ्गानालाई धम्की

‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register