लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुने मा अवस्थित सो सेन्टरमा हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाइएको छ । केईको शो रुम नक्साल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने […]

Sep 11, 2024 - 14:27
 0
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुने मा अवस्थित सो सेन्टरमा हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाइएको छ ।

केईको शो रुम नक्साल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीको दाबी छ ।

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिकहरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छन् ।

सर्भिस सेन्टरमा इभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरु जडान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register