सुरुङ्गामा सिम्रिक साकोसको चौथो इकाइगत साधारण सभा : पाँच करोड २७ लाख खुद नाफा

कनकाई, २६ भदौ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा अन्तरगत चौथो इकाइगत साधारण सभा आज सम्पन्न भएको छ । झापाको सुरुङ्गामा संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कनकाई नगरपालिका–२ का अध्यक्ष बलराम राईको प्रमुख आतिथ्यमा इकाइगत साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट सदस्यलाई सम्मान गरिनुका साथै उपचार सहायता रकम [...] The post सुरुङ्गामा सिम्रिक साकोसको चौथो इकाइगत साधारण सभा : पाँच करोड २७ लाख खुद नाफा appeared first on Jhapa Online.

Sep 11, 2024 - 14:32
 0
सुरुङ्गामा सिम्रिक साकोसको चौथो इकाइगत साधारण सभा : पाँच करोड २७ लाख खुद नाफा

कनकाई, २६ भदौ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा अन्तरगत चौथो इकाइगत साधारण सभा आज सम्पन्न भएको छ ।

झापाको सुरुङ्गामा संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कनकाई नगरपालिका–२ का अध्यक्ष बलराम राईको प्रमुख आतिथ्यमा इकाइगत साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा उत्कृष्ट सदस्यलाई सम्मान गरिनुका साथै उपचार सहायता रकम प्रदान गरिएको छ । इकाइगत अन्तरगत रहेका अनिल ठाकुर, बब्लु तामाङ र सावित्रा थेवेलाई उत्कृष्ट सदस्यका रुपमा नगद ५ हजारसहित सम्मान गरिएको छ ।

त्यस्तै, सदस्य धनराज राईकी श्रीमती आइतकुमारी राई १८ हजार, माया गुरुङ तामाङलाई २० हजार ८५५ र सोभा विष्टलाई १८ हजार ८३२ रुपैयाँ उपचार सहयोग प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राई, संस्थाका अध्यक्ष भट्टराई, संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतले उनीहरुलाई सम्मान र सहायता रकम वितरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राईले सहकारी संस्थाबारे अभियानका नाममा भ्रम सिर्जना गरिएको बताउनुभयो । सहकारीले ग्रामीण क्षेत्रका नागरिकको वित्तीय आवश्यकता पूरा गर्नुका साथै सामाजिक क्षेत्रमा समेत उल्लेख्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो । “कनकाईमा धेरैजसोको धनीपूर्जा छैन, बैंकले बिना धितो लगानी गर्दैन”, उहाँले भन्नुभयो, “त्यस्ता मानिसको वित्तीय आवश्यता सहकारी संस्थाहरुले पूरा गरेका छन् ।”

कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रगति प्रतिवेदनप्रस्तुत गर्नु भयो । संस्था स्थापनाको छोटो समयमै उल्लेख्य प्रगती हुनुमा संस्थाको सेयर सदस्य र कमचारीको भूमिका सराहनीय भएको बताउनु भयो ।

संस्थामा गत आव २०८०–०८१ मा ४ हजार ९७३ जना सदस्य बृद्धि भई ६४ हजार २३६ पुगेको छ भने संस्थाको शेयर पुँजी ३२ करोड ९६ लाख ६६ हजार ९०० पुगेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सहकारीले गत आव २०८०÷०८१ मा ५ करोड २७ लाख खुद नाफा गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले संस्थाले सरकारलाई ४९ लाख राजश्व तिरेको समेत बताउनुभयो । विगत लामो समयदेखि कर्मचारीको तलब बृद्धि नगरिएकाले यो वर्ष २० प्रतिशत तलब बृद्धि गरिएको बस्नेतले बताउनुभयो ।

सुरुङ्गा जेसीजका अध्यक्ष दुर्गाप्रसाद पाठक, संस्थाका उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्रबहादुर कार्की, सदस्य लीला अधिकारी, शशीकला मुखिया सुनुवार लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख विजय बस्नेतले गर्नुभएको थियो ।

The post सुरुङ्गामा सिम्रिक साकोसको चौथो इकाइगत साधारण सभा : पाँच करोड २७ लाख खुद नाफा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register