कांग्रेस सांसदलाई ह्वीप- असोज ३ गतेसम्म उपत्यका नछाड्नू, बाहिर भए तुरुन्त आउनु

काठमाडौं । कांग्रेसले आफ्ना सांसदलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाएर असोज ३ गतेसम्म उपत्यका नछाड्न र उपत्यका बाहिर भए तुरुन्त आउन ह्वीप जारी गरेका हुन्। ‘प्रमुख सचेतक ज्यूले म्यासेज पठाउनुभएको छ। बाहिर भएकाले उपत्यका आउनू र बाहिर नजानू भन्नुभएको छ’, एक कांग्रेस सांसदले […]

Sep 11, 2024 - 15:07
 0
कांग्रेस सांसदलाई ह्वीप- असोज ३ गतेसम्म उपत्यका नछाड्नू, बाहिर भए तुरुन्त आउनु

काठमाडौं । कांग्रेसले आफ्ना सांसदलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाएर असोज ३ गतेसम्म उपत्यका नछाड्न र उपत्यका बाहिर भए तुरुन्त आउन ह्वीप जारी गरेका हुन्।

‘प्रमुख सचेतक ज्यूले म्यासेज पठाउनुभएको छ। बाहिर भएकाले उपत्यका आउनू र बाहिर नजानू भन्नुभएको छ’, एक कांग्रेस सांसदले भने ।

यसअघि एमालेले पनि आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन आचरणको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register