कोशी सरकारमा सहभागी हुने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार आज बेलुकासम्म मन्त्रीको नाम टुङ्ग्यायो भने भोलिसम्म सरकार गठन गरिसकिनेछ  । तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको थापाले बताए । सरकारमा अब […]

Sep 11, 2024 - 15:47
 0
कोशी सरकारमा  सहभागी हुने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार आज बेलुकासम्म मन्त्रीको नाम टुङ्ग्यायो भने भोलिसम्म सरकार गठन गरिसकिनेछ  ।

तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको थापाले बताए । सरकारमा अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् ।  मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।

यसअघि कोशीमा कांग्रेस सरकारमा सहभागी नभए पनि प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्दै आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register