निजी क्षेत्रको लगानीलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन : स्वाँर

पोखरा।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले राज्यले निजी क्षेत्रको लगानीलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन्  । देशको अर्थतन्त्रको ठुलो हिस्सा निजी क्षेत्र रहेको र आम नागरिकसँग जोडिएको यातायातको क्षेत्रमा राज्यको कुदृष्टि पर्न नहुने उनले बताएका छन्  ।  पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक […]

Sep 11, 2024 - 17:13
 0
निजी क्षेत्रको लगानीलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन : स्वाँर

पोखरा। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले राज्यले निजी क्षेत्रको लगानीलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन्  । देशको अर्थतन्त्रको ठुलो हिस्सा निजी क्षेत्र रहेको र आम नागरिकसँग जोडिएको यातायातको क्षेत्रमा राज्यको कुदृष्टि पर्न नहुने उनले बताएका छन्  ।

 पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । यातायात क्षेत्रमा समय समयमा विभिन्न किसिमले राज्यले नियन्त्रण गर्ने प्रयास गरेको र त्यसको अन्त्य हुनुपर्नेमा उनको जोड थियो । यस्तै वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई बिनायोजना कम्पनीमा जान बाध्य बनाएको गुनासो गरे ।

सोहीक्रममा सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त पुरस्कारबाट सापकोटा नगद २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मानित भएका हुन् ।

पत्रकारिता माध्यमबाट सडक यातायातबारे सचेतता दिनेखालका समाचार सम्प्रेषण गरेकोमा प्रतिभा छनोट समितिको बैठकले उनको नाम सिफारिस गरेको थियो । छनोट समिति संयोजकमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी रहेकी थिइन् । 

समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रालि अध्यक्ष देउप्रसाद गुरुङले नगदसहित सम्मानपत्र र दोसल्ला ओढाइ उनलाई सम्मान गरेका थिए ।

कम्पनी अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पोखरा यातायातका सल्लाहकार वसन्तकुमार प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी सचिव तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसी, यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्की अध्यक्ष कृष्णप्रसाद ढुंगाना, यातायात मजदुर संघ गण्डकीका अध्यक्ष विष्णु खत्री, पोखरा यातायातका प्रबन्ध निर्देशक देवीप्रसाद कुइँकेल, कम्पनी सचिव जीवनप्रसाद पौडेललगायत बोलेका थिए । 

सोही  अवसरमा असल चालकतर्फ ग १ ख ३८८७ का सूर्य रानाभाट, असल सहचालक ग १ ख ६९७१ का कमल गुरुङ, पुराना व्यवसायी ग१ख ५२५३ र ग१ख ३९८९ नं.का सवारीधनी भेषबहादुर कुँवर, कर्मचारीमा ध्रुव पुलामी मगर सम्मानित भए  । शेयर सदस्यका छोराछोरीमध्ये प्लस टुमा उत्कृष्ट हुने सोनिया विक, कर्मचारीका छोराछोरीमध्ये प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव सम्मानित भए  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register