युक्रेनको जित अमेरिकामा निर्भर : जेलेन्स्की

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताएका छन् । “जहाँसम्म जितको योजनाको प्रश्न छ… यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ”, जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने । उनको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ । निर्वाचनमा […]

Sep 11, 2024 - 17:35
 0
युक्रेनको जित अमेरिकामा निर्भर : जेलेन्स्की

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताएका छन् ।

“जहाँसम्म जितको योजनाको प्रश्न छ… यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ”, जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने ।

उनको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ । निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ ।

ट्रम्पले निर्वाचन जिते भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किएभलाई दबाब दिन उनले सहायताको फाइदा उठाउने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।

जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताए । उनले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किएभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिए ।

युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्‍यो तर रुसलाई आमन्त्रण गरेको थिएन । त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताएका छन् ।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register