रेकर्ड बनाएर घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ सय रूपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ५३ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम […]

Sep 12, 2024 - 06:19
 0
रेकर्ड बनाएर घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ सय रूपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ५३ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register