दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी

एजेन्सी ।  युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ । आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ । ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू […]

Sep 6, 2024 - 16:35
 0
दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी

एजेन्सी ।  युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।

आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ ।

ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू प्रहार गरेको थियो ।

मध्य निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभलोग्राद सहरमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएको क्षेत्रीय गभर्नर सर्गी लिसाकले जानकारी दिए । सिन्ह्रा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register