१६७ करोडको घडी लगाउँछन् सलमान

काठमाडौं । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरबोलाई भेटेका थिए । यस अवसरमा ज्याकबले सलमानलाई आफ्नो लक्जरी घडी बिलियनियर III लगाइदिएका थिए । विशेष कुरा के छ भने यो घडीको मूल्य १६७ करोड रुपैयाँ पर्छ  र यसमा ७१४ सेतो हीरा जडिएको हुन्छ । ज्याकबले […]

Sep 12, 2024 - 07:31
 0
१६७ करोडको घडी लगाउँछन् सलमान

काठमाडौं । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरबोलाई भेटेका थिए ।

यस अवसरमा ज्याकबले सलमानलाई आफ्नो लक्जरी घडी बिलियनियर III लगाइदिएका थिए । विशेष कुरा के छ भने यो घडीको मूल्य १६७ करोड रुपैयाँ पर्छ  र यसमा ७१४ सेतो हीरा जडिएको हुन्छ ।

ज्याकबले आफ्नो इन्स्टा अकाउन्टमा यसबारे भिडियो सेयर गरेका छन् । क्लिपमा ज्याकबले सलमानलाई आफ्नै हातले घडी लगाउन लगाएको देखिन्छ । त्यो लगाएपछि सलमानले उनलाई अँगालो हालेर क्यामेरातिर लग्जरी घडी देखाएका छन् ।

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलगायत धेरै सेलिब्रेटीहरूले ज्याकोब अरबो बिलियनियर III लग्जरी घडी लगाउँछन्, जसमा १५२ वटा सेतो हीरा र ७६ वटा हीरा जडिएको हुन्छ । यस घडीको ब्रेसलेटमा ५०४ सेतो कट हीरा हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register