सारथि देउवाको बर्थ्डेमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सारथि शेरबहादुर देउवालाई  जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा दोसल्ला ओढाएर ७९औं जन्मदिनको शुभकामना दिएका हुन् । ओलीले फेसबूकमा लेखेका छन्, “आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी ।” अहिले नेकपा (एमाले) का अध्यक्ष ओली देउवाको दल […]

Sep 12, 2024 - 07:43
 0
सारथि देउवाको बर्थ्डेमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सारथि शेरबहादुर देउवालाई  जन्मदिनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा दोसल्ला ओढाएर ७९औं जन्मदिनको शुभकामना दिएका हुन् ।

ओलीले फेसबूकमा लेखेका छन्, “आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी ।”

अहिले नेकपा (एमाले) का अध्यक्ष ओली देउवाको दल नेपाली कांग्रेसको प्रमुख समर्थनमा प्रधानमन्त्री छन् ।

गत असार १७ गते राति हस्ताक्षरित सहमतिअनुसार देउवा र ओलीले संसद्को बाँकी कार्यकालको आधा-आधा समय प्रधानमन्त्री हुनेछन् ।

देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना दिएका छन् । उनले खादा लगाइदिएर शुभकामना व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register