अवैध कल सेन्टर चलाउने २ चिनियाँसहित ५० जना पक्राउ 

काठमाडौँ । अवैध रुपमा कल सेन्टर चलाउने दुई जना चिनियाँ नागरिकसहित ५० जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको जावलाखेलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक रहेको सीआईबीले जनाएको छ ।  उनीहरुमाथि अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको […]

Sep 12, 2024 - 09:11
 0
अवैध कल सेन्टर चलाउने २ चिनियाँसहित ५० जना पक्राउ 

काठमाडौँ । अवैध रुपमा कल सेन्टर चलाउने दुई जना चिनियाँ नागरिकसहित ५० जना पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको जावलाखेलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक रहेको सीआईबीले जनाएको छ । 

उनीहरुमाथि अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र नेपालमा बर्जित क्रिप्टो कारोबार गरेको आरोप छ ।

अवैध रुपमा कानून विपरीतका गतिविधि भएको भन्ने सूचनाका आधारमा बुधबार राति छापा मारेर उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register