सरकारले गरिब र विपन्नका लागि जलविद्युतको शेयर सुनिश्चित गर्छः उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले गरिब र विपन्न परिवारका लागि सरकारले जलविद्युत् आयोजनाको सेयर सुनिश्चित गर्ने बताएका छन् । ‘सङ्खुवासभाको वस्तुस्थितीको छलफल’मा उनले गरिब र विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्नका लागि जलविद्युत् आयोजनाको सेयर गरिब वर्गका नागरिकलाई सुनिश्चित गर्न सरकारले काम गर्ने बताएका हुन् । ‘साधन र स्रोतको प्रचुर सम्भावनाको क्षेत्रमा बसेका […]

Sep 10, 2024 - 04:47
 0
सरकारले गरिब र विपन्नका लागि जलविद्युतको शेयर सुनिश्चित गर्छः उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले गरिब र विपन्न परिवारका लागि सरकारले जलविद्युत् आयोजनाको सेयर सुनिश्चित गर्ने बताएका छन् ।

‘सङ्खुवासभाको वस्तुस्थितीको छलफल’मा उनले गरिब र विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्नका लागि जलविद्युत् आयोजनाको सेयर गरिब वर्गका नागरिकलाई सुनिश्चित गर्न सरकारले काम गर्ने बताएका हुन् ।

‘साधन र स्रोतको प्रचुर सम्भावनाको क्षेत्रमा बसेका नागरिकलाई शेयर प्राप्त गर्ने ग्यारेन्टी सरकारले गर्छ, जलविद्युत् आयोजनालाई आफ्नो भविश्य सम्झेर सहयोग गर्न म सङ्खुवासभाबासीलाई आग्रह गर्दछु ।’, उनले भने ।

मन्त्री खड्काले आर्थिक, सामाजिक र राजनीतिक हिसावले तल्लो वर्गका नागरिकमा पहुँच पुर्याउन सकिएन भने मुलुक समृद्धि हुन नसक्ने पनि धारणा व्यक्त गरेका छन् ।

सङ्खुवासभाबाट निर्वाचित सांसद खड्काले मतदाताको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लाको विकासमा राजनीतिक दलबीच भाइचाराको सम्बन्ध रहेको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register