पशुपति कोटिहोमको अपत्यारिलो हिसाब सार्वजनिक, हुँदै नभएको खर्च देखाउँदै ७२ लाख घाटा भएको दाबी

आयोजक मध्येकै एक सदस्य भन्छन्, ‘‘महायज्ञमा करिब १३\१४ करोड हाराहारीमा खर्च भएको देखिन्छ । पैसा पनि ३० करोड भन्दा माथि नै उठेको जस्तो देखिन्थ्यो । तर, लामो गृहकार्यपछि घाटा देखाएर हिसाब सार्वजनिक भयो । हामी नै चकित परेका छौँ ।’’

Sep 12, 2024 - 10:11
 0
पशुपति कोटिहोमको अपत्यारिलो हिसाब सार्वजनिक, हुँदै नभएको खर्च देखाउँदै ७२ लाख घाटा भएको दाबी

काठमाडौं । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

कोटिहोम सकिएको झन्डै एक महिनापछि आय व्यय विवरण सार्वजनिक गर्दै अपत्यारिलो खर्च विवरण आयोजक मानव सेवा फाउन्डेसन र महायज्ञ संङकल्पकर्ता विजय भण्डारीले सार्वजनिक गरेका हुन् ।

एक महिनासम्म गोप्य राखिएको हिसाब चौतर्फी दबाब भएपछि आयोजकले सार्वजनिक गर्न बाध्य भयो । तैपनि विश्वसनीय देखिँदैन ।

विजय भण्डारीका अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।

कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको दाबी गरिएको छ ।

यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको दाबी छ । जबकि आयोजक सदस्यहरूले नै महायज्ञको दोस्रो सातासम्म दिनमा डेढ करोड रुपैयाँका दरले दैनिक चन्दा दान संकलन भइरहेको भन्दै युट्युब मिडियामा बोलेका थिए ।

त्यो हिसाबले ३२ दिन चलेको महायज्ञको आधा समयमै २० लाख करोड रुपैयाँ खर्च उठेको दान सचिवालयका कार्यरत केही कर्मचारीको दाबी छ । तर, आयोजकले भने जम्मा २० करोड १५ लाख ८२ हजार दान उठेको भन्दै उल्टो ऋणमा डुबेको दाबी गरेको छ ।

पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम आयो भने बचत हुने भण्डारीले बताए ।

सार्वजनिक विवरण अनुसार नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो । क्यूआर पेमेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको थियो ।

आयोजक मध्येकै एक सदस्य भन्छन्, ‘‘महायज्ञमा करिब १३\१४ करोड हाराहारीमा खर्च भएको देखिन्छ । पैसा पनि ३० करोड भन्दा माथि नै उठेको जस्तो देखिन्थ्यो । तर, लामो गृहकार्यपछि घाटा देखाएर हिसाब सार्वजनिक भयो । हामी नै चकित परेका छौँ ।’’

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

रहस्यको कुरा, आयोजकले रसिद सबै लुकाएको छ । यसले आयोजकले दाबी गरेकै अनुसार चन्दा दान संकलन भएको पत्याउन सकिँदैन ।

अनि खर्च दाबी गरेको बिवरण सार्वजनिक भए पनि त्यो खर्च कसरी भएको भनेर देखाइएको छैन । केहीको पनि बिल र रकम बुझेको रसिद देखाइएको छैन । अर्को कुरा महिना दिनको लागि कर्मचारी खर्च भन्दै पाँच करोड रुपैयाँ खर्च देखाइएको  छ ।

तर, महायज्ञमा खटिएका कर्मचारी भने पैसा नभएको भन्दै आन्दोलनमा छन् । आयोजकले भने भोलेन्टियरको रुपमा खटाएको भनेको थियो । तर, अहिले पाँच करोड रुपैयाँ उनीहरूकै लागि खर्च भएको दाबी गरेको छ ।

सम्बन्धित समाचार

पोखरामा गर्ने भनेको महायज्ञ भाँड्न खोजेको भन्दै विजय भण्डारीले दिए पत्रकार ढुङ्गानालाई धम्की

‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register