विजय भण्डारीलाई प्रहरीले दिएको चारित्रिक प्रमाणपत्र झूटो भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय भण्डारीको चारित्रिक प्रमाणपत्र झूटो भएको पाइएको छ । प्रहरीले गरेको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै उक्त प्रमाणपत्र लिएको खुलेको हो । भण्डारीले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो । ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजायसमेत भोगेका भण्डारीले कोटीहोम आयोजना गर्नुअघि […]

Sep 12, 2024 - 10:11
 0
विजय भण्डारीलाई प्रहरीले दिएको चारित्रिक प्रमाणपत्र झूटो भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय भण्डारीको चारित्रिक प्रमाणपत्र झूटो भएको पाइएको छ ।

प्रहरीले गरेको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै उक्त प्रमाणपत्र लिएको खुलेको हो ।

भण्डारीले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।

ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजायसमेत भोगेका भण्डारीले कोटीहोम आयोजना गर्नुअघि प्रहरीबाट चारित्रिक प्रमाणपत्र बनाएका थिए ।

पशुपति कोटीहोम आयोजना भइरहेका बेला उनको आपराधिक गतिविधिमा संलग्नतालाई जोडेर समाचारहरू आएपछि उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए ।

त्यसपछ काठमाडौं प्रहरी परिसरले यो विषयमा छानबिन गर्न समिति बनाएको थियो । उक्त समितिको छानबिनबाट प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको खुलेको हो ।

काठमाडौं प्रहरी परिसरले चारित्रिक प्रमाणपत्र दिने प्रहरीलाई कारबाही गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register