एन्फा महिला लिग : बागमतीलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा त्रिुभवन आर्मी क्लबले बागमती युथ क्लबलाई पराजित गरेको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० को गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले गोल गरिन् । खेलको २६औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । ६१औं मिनेटमा अमिषाले आर्मीका […]

Sep 12, 2024 - 10:51
 0
एन्फा महिला लिग : बागमतीलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा त्रिुभवन आर्मी क्लबले बागमती युथ क्लबलाई पराजित गरेको छ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० को गोलअन्तरले पराजित गरेको हो ।

आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले गोल गरिन् । खेलको २६औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । ६१औं मिनेटमा अमिषाले आर्मीका लागि दोस्रो गोल गरिन् ।

९०औं मिनेटमा बागमतीकी सान्जी थिङले आफ्नै पोष्टमा गोल गरेसँगै आर्मीले थप एक गोल पायो ।

यससँगै ४ खेलबाट ३ मा जित हालि गरेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ । ४ खेलमध्ये केवल १ मा जित हासिल गरेको बागमती ३ अंकसहित सातौं स्थानमा छ ।

४ खेलमध्ये ३ मा जित हासिल गरेको नेपाल पुलिस क्लब भने १० अंकसहित शीर्ष स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register