सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् । महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेको अदालत स्रोतले बताएको छ । उनीहरूका दुई छोरी र […]

Sep 12, 2024 - 10:51
 0
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् ।

राउतले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् ।

महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेको अदालत स्रोतले बताएको छ ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।

उनकी श्रीमती रानी भारतीय नागरिक हुन् । रानी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएकोलगायतका विषयहरू राउतले उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register