धरौटी तिर्न नसक्नेलाई ६ महिना बढि नथुन्न सर्वोच्चको आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी तिर्न नसक्नेलाई ६ महिना भन्दा बढी थुनामा नराख्न आदेश दिएको छ ।  अदालतले बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा यस्तो फैसाला सुनाएको हो ।  सोही फैसलामार्फत सर्वोच्चले बैंकिङ कसुर मुद्दामा जरिवाना तिर्न नसकेर थुनामा रहेका व्यक्तिहरुलाई […]

Sep 12, 2024 - 11:47
 0
धरौटी तिर्न नसक्नेलाई ६ महिना बढि नथुन्न सर्वोच्चको आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी तिर्न नसक्नेलाई ६ महिना भन्दा बढी थुनामा नराख्न आदेश दिएको छ । 

अदालतले बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा यस्तो फैसाला सुनाएको हो । 

सोही फैसलामार्फत सर्वोच्चले बैंकिङ कसुर मुद्दामा जरिवाना तिर्न नसकेर थुनामा रहेका व्यक्तिहरुलाई ६ महिनाभित्र फैसला नभए थुनामुक्त गर्न आदेश दिएको छ । 

थुनामुक्त भएको अवस्थामा उनीहरुलाई तारिखमा राखी मुद्दाको प्रक्रिया अघि बढाउन पनि अदालतले आदेश दिएको छ । योसँगै जरिवाना बापतको धरौटी तिर्न नसकेर थुनामै बसेकाहरुको मुद्दा ६ महिनाभित्र फैसला नभए ६ महिनापछि थुनामा बस्न नपर्ने भएको छ । तर, थुनामुक्त भए पनि मुद्दा भने चल्नेछ । 

तर, अदालतले यसअघि नै थुनामा पठाउनु भनी आदेश जारी गरिसकेकाहरुको हकमा भने यो सुविधा लागू हुनेछैन । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register