भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन
काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । सीपीएमका वरिष्ठ नेता पुण्यवतीले येचुरीको आज दिउँसो निधन भएको जानकारी दिए । पार्टीले जारी गरेको […]
काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।
सीपीएमका वरिष्ठ नेता पुण्यवतीले येचुरीको आज दिउँसो निधन भएको जानकारी दिए ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड सीताराम यचुरीलाई श्वासप्रश्वासको गम्भीर संक्रमण भएको थियो। चिकित्सकको टोलीले उनको उपचार गरिरहेको थियो ।’
यचुरीले हालै मोतिबिन्दुको शल्यक्रिया पनि गरिएको थियो ।
What's Your Reaction?