कोशी प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि आज कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिने तयारी गरेका छन् । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य भुपेन्द्र राई सो पार्टीले जनाएको छ […]

Sep 13, 2024 - 04:20
 0
कोशी प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि आज कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिने तयारी गरेका छन् । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य भुपेन्द्र राई सो पार्टीले जनाएको छ । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व संहाल्नेछन् ।

यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ ।

थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री समेत रहेका सांसद राईले बताएका छन् ।

गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register