नाडा अटो शो र सेयर कारोबारले बजार चलायमान बन्न थालेको संकेत गर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षदेखि नै नेपालको अर्थतन्त्र नयाँ ढंगले चलायमान हुने दाबी गरेका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिक साधारण सभामा गभर्नर अधिकारीले आर्थिक क्रियाकलाप अघि बढाउन र निजी क्षेत्रको मनोबल उच्च राख्न आधारशिला खडा भएको बताए । उनले केही सूचकले पनि अर्थतन्त्र […]

Sep 1, 2024 - 07:53
 0
नाडा अटो शो र सेयर कारोबारले बजार चलायमान बन्न थालेको संकेत गर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षदेखि नै नेपालको अर्थतन्त्र नयाँ ढंगले चलायमान हुने दाबी गरेका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिक साधारण सभामा गभर्नर अधिकारीले आर्थिक क्रियाकलाप अघि बढाउन र निजी क्षेत्रको मनोबल उच्च राख्न आधारशिला खडा भएको बताए ।

उनले केही सूचकले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा गरेको दाबी गरे । सञ्चालन भइरहेको नाडा अटो शो, सेयर बजार, र अन्य अवस्थाहरूले पनि बजार चलायमान बनेको प्रमाणित गर्ने उनले बताए ।

‘भोलिको दिनमा हाम्रो आर्थिक क्रियाकलाप अघि बढाउन, निजी क्षेत्रको मनोबल उच्च राख्न प्रशस्त मात्रामा आधारशिला खडा भएको छ । केही सूचक हामीले स्पष्ट रूपमा पाइसकेका छौं,’ अधिकारीले भने, ‘भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरू, सेयर बजार, र अन्य अवस्थाहरूले पनि केही न केही चलायमान रहेको प्रमाणित भएको छ ।’

गभर्नर अधिकारीले राजस्व संकलन पनि विगतका दुई वर्षभन्दा राम्रो भएको बताउँदै, साउनमा लगभग ३ अर्ब र भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भइसकेको जानकारी दिए ।

‘हामी आशा गर्न सक्छौं, यही आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुनेछ । राज्य पनि नीतिगत सुधारमा लागिरहेको छ,’ उनले भने, ‘जे जस्ता सुधारहरू गर्नुपर्ने हो, कानूनी सुधारमा पनि राज्य लागिरहेको छ । अफ्ठ्यारा भएका कुराहरूलाई कसरी सुधार गर्नुपर्छ भन्नेमा ध्यान दिइएको छ ।’

गभर्नर अधिकारीले सरकारले कानूनी अफ्ठ्यारा हटाउन नीतिगत सुधारमा लागेकाले अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरे  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register