परमाणु भट्टीमा देखिए किम जोङ उन, पश्चिममा व्यापक चिन्ता

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले युरेनियम प्रवर्द्धन क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार नेता उन परमाणु कार्यक्रम अवलोकन गर्दै गरेको दुर्लभ तस्बीर सार्वजनिक भएको हो । पछिल्लो पटक सार्वजनिक भएका तस्बीरहरुले उत्तर कोरियाली नेता किम परमाणु कार्यक्रमको दुर्लभ क्षेत्रमा गएको देखिएको कोरियाको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् […]

Sep 13, 2024 - 05:36
 0
परमाणु भट्टीमा देखिए किम जोङ उन, पश्चिममा व्यापक चिन्ता

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले युरेनियम प्रवर्द्धन क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार नेता उन परमाणु कार्यक्रम अवलोकन गर्दै गरेको दुर्लभ तस्बीर सार्वजनिक भएको हो ।

पछिल्लो पटक सार्वजनिक भएका तस्बीरहरुले उत्तर कोरियाली नेता किम परमाणु कार्यक्रमको दुर्लभ क्षेत्रमा गएको देखिएको कोरियाको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

शुक्रबार कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए) को रिपोर्ट अनुसार, किमले उज्यालो, स्वच्छ गोदाममा लामो पंक्तिमा रहेका सिलिन्ड्रिकल मेसिनरीहरू भएको ठाउँको भ्रमण गरेका थिए । जुन आणविक अस्त्रका लागि हतियार परमाणु सामग्री उत्पादन गर्न प्रयोग गरिन्छ।

जब उत्तर कोरिया परमाणु हतियार कार्यक्रमलाई तीव्र बनाइरहेको हुन्छ र रुससँग सम्बन्ध बलियो पार्दै गएको हुन्छ, त्यसबखत पश्चिममा व्यापक चिन्ता उत्पन्न भएको देखिन्छ। किमको तस्बीरहरु सार्वजनिक भएसँगै त्यही भएको छ ।

किमको भ्रमणको स्थान र ठ्याक्कै मिति रिपोर्टमा खुलाइएको थिएन । तर केसिएनएका अनुसार उनको निरीक्षणको उद्देश्य स्पष्ट थियो कि परमाणु सामग्रीको उत्पादन बढाउन दीर्घकालीन योजना तयार पार्न उनी लागिरहेका छन् ।

विशेषज्ञहरूले भनेका छन्– तस्बिरहरूले किमलाई सैनिक पोशाकमा रहेका व्यक्तिहरू र सफा सेतो प्रयोगशाला शर्ट लगाएका व्यक्तिहरूसँग देखाइएको छ । यसले उत्तर कोरियाको बढ्दो आणविक आत्मविश्वासलाई प्रमाणित गर्छ ।

किमले हालसालै आणविक हतियार प्रवर्द्धबारे धेरै पटक बोलेका छन्। उत्तर कोरियाको ७६औं वार्षिकोत्सवको अवसरमा किमले देशको परमाणु अस्त्रलाई अत्यधिक विस्तार गर्ने वाचा गरेका थिए।

किमले भनेका छन् – आणविक प्रक्रियाको प्राविधिक क्षमतासँग उनी सन्तुष्ट छन् र अधिक उत्पादनका लागि सेन्ट्रीफ्युजहरूको संख्यामा वृद्धि आवश्यक भएकोमा जोड दिएका छन्।

उत्तर कोरियाली अध्ययनका प्राध्यापक पार्क वोन–गोनले भने – युरेनियम उत्पादन देखाएर, उनीहरूले संसारलाई उत्तर कोरियालाई परमाणु राज्यको रूपमा मान्यता दिनुपर्ने सन्देश पठाइरहेका छन् ।

यो खुलासा उत्तर कोरिया र पश्चिमबीचको तनावका बेला आएको छ, जहाँ अमेरिकासहितका देशहरूले उत्तर कोरियामाथि युक्रेनमा रुसको युद्ध प्रयासमा ठुलो सैन्य सहयोग पुर्‍याएको आरोप लगाइरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register