सुनको मूल्य हालसम्मकै उच्च, तोलामै तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेर उच्च बिन्दुमा पुगेको हो । बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार रुपैयाँले बढेर एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ […]

Sep 13, 2024 - 06:16
 0
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेर उच्च बिन्दुमा पुगेको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार रुपैयाँले बढेर एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५९४ . ५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register