अरविन्द केजरीवालले पाए सर्वोच्च अदालतबाट जमानत

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले जमानत दिएको छ । सर्वोच्चले मदिरा नीतिसँग सम्बन्धित सीबीआईले दर्ता गरेको एफआईआरमा जमानत दिएको हो । अब केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्नेछ । न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै जमानत दिएको हो । सीबीआईले केजरीवाललाई ईडीको हिरासतमा रहेको बेला पक्राउ गरेको थियो […]

Sep 13, 2024 - 06:56
 0
अरविन्द केजरीवालले पाए सर्वोच्च अदालतबाट जमानत

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले जमानत दिएको छ ।

सर्वोच्चले मदिरा नीतिसँग सम्बन्धित सीबीआईले दर्ता गरेको एफआईआरमा जमानत दिएको हो । अब केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्नेछ ।

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै जमानत दिएको हो । सीबीआईले केजरीवाललाई ईडीको हिरासतमा रहेको बेला पक्राउ गरेको थियो ।

केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो ।  गत जुलाई १२ मा केजरीवालले ईडी मुद्दामा सर्वोच्चबाट जमानत पाएका थिए । तर, यो जमानत पाउनुअघि नै सीबीआईले केजरीवाललाई जुनमा पक्राउ गरेको थियो । यही कारण केजरीवाल जेलबाट बाहिर आउन सकेनन् ।

लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अरविन्द केजरीवाललाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मका लागि अन्तरिम जमानत दिएको थियो ।

हालै दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि यस मामिलामा जमानत दिइएको थियो । सिसोदिया १७ महिनापछि जेलबाट बाहिर आउन सफल भएका थिए । यसअघि सञ्जय सिंह धरौटीमा छुटेका थिए ।

आम आदमी पार्टीले भाजपाले केन्द्रीय एजेन्सीहरू प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपमा फसाएको आरोप लगाउँदै आएको छ । भाजपाले कानुनको नजरमा सबै समान रहेको भन्दै यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register