दिल्ली उड्नै लागेको विमानमा रहेका यात्रुको सुगर एकाएक बढेपछि…

काठमाडौं । दिल्ली उड्नै लागेको भिस्तारा एअरलाइन्सको विमान डाइभर्ट गरिएको छ । विमानमा बसेका एक डायबिटिजका बिरामीको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । ११:३० बजे दिल्लीतर्फ उडान भर्न लागेको भिस्ताराको ‘यूके–१५८’ विमान धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्काइएको हो । १६१ जना यात्रु […]

Sep 13, 2024 - 08:32
 0
दिल्ली उड्नै लागेको विमानमा रहेका यात्रुको सुगर एकाएक बढेपछि…

काठमाडौं । दिल्ली उड्नै लागेको भिस्तारा एअरलाइन्सको विमान डाइभर्ट गरिएको छ ।

विमानमा बसेका एक डायबिटिजका बिरामीको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

११:३० बजे दिल्लीतर्फ उडान भर्न लागेको भिस्ताराको ‘यूके–१५८’ विमान धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्काइएको हो ।

१६१ जना यात्रु लिएर दिल्ली जान लागेको जहाजभित्र रहेकी महिला यात्रुले आफूलाई सुगर बढेका कारण अप्ठ्यारो भएको जानकारी दिएपछि चालक दलले डाइभर्ट गर्ने निर्णय लिएका हुन् ।

यात्रुलाई जहाजबाट झारे लगत्तै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाठडौं मेडिकल कलेजमा पठाइएको प्रवक्ता शेर्पाले बताए । बिरामीलाई झारेर विमान भने दिल्ली उडिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register