‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ को आयोजनामा दोलखाको पर्यटकीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ । एक कार्यक्रमबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका हुन् । नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा सुरु भएको प्रदर्शनीमा […]

Sep 13, 2024 - 08:24
 0
‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ को आयोजनामा दोलखाको पर्यटकीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ ।

एक कार्यक्रमबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका हुन् ।

नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा सुरु भएको प्रदर्शनीमा ६ जना कलाकारहरुले तयार पारेका ३२ वटा चित्रहरु राखिएका छन् ।

प्रदर्शनीमा केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव श्रीपालीको एक्रेलिक र जलरङ प्रयोग गरी बनाएका चित्रहरु राखिएका छन् । प्रदर्शनी भदौ ३० गतेसम्म चल्नेछ ।

तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register