चिनियाँ नाकामा नेपालीहरूको व्यापारिक असन्तुष्टि, सुरक्षाकर्मी र व्यापारीको व्यवहारमाथि गम्भीर प्रश्न

काठमाडौँ । लामो समयपछि व्यापारिक नाका खुलेर चीनसँगको व्यापार सुचारु हुँदा चुमनुब्री गाउँपालिकाका स्थानीय व्यापारीहरू उत्साहित भए पनि उनीहरूको अनुभव त्यति सुखद रहेन । व्यापारिक नाका खुल्ना साथ व्यापारीहरू स्याक बजार पुगे, तर त्यहाँ चिनियाँ सुरक्षाकर्मी र व्यापारीहरूको व्यवहारले उनीहरूको आशा निराशामा परिणत भयो । स्थानीयहरूले चिनियाँ सुरक्षाकर्मीबाट दुर्व्यवहार भोग्नुपरेको र सुरक्षाकर्मीले फोटो खिचेर नियन्त्रणमा […]

Sep 13, 2024 - 10:20
 0
चिनियाँ नाकामा नेपालीहरूको व्यापारिक असन्तुष्टि, सुरक्षाकर्मी र व्यापारीको व्यवहारमाथि गम्भीर प्रश्न

काठमाडौँ । लामो समयपछि व्यापारिक नाका खुलेर चीनसँगको व्यापार सुचारु हुँदा चुमनुब्री गाउँपालिकाका स्थानीय व्यापारीहरू उत्साहित भए पनि उनीहरूको अनुभव त्यति सुखद रहेन । व्यापारिक नाका खुल्ना साथ व्यापारीहरू स्याक बजार पुगे, तर त्यहाँ चिनियाँ सुरक्षाकर्मी र व्यापारीहरूको व्यवहारले उनीहरूको आशा निराशामा परिणत भयो ।

स्थानीयहरूले चिनियाँ सुरक्षाकर्मीबाट दुर्व्यवहार भोग्नुपरेको र सुरक्षाकर्मीले फोटो खिचेर नियन्त्रणमा राखेको अनुभव सुनाएका छन् । उनीहरूलाई स्याक बजार पुगेपछि ठूलो सपिङ मलजस्तो ठाउँमा बन्द गरेर राखिएको र बाहिर निस्किन खोज्दा हातपात गर्ने गरेको बताइन्छ । यो अनुभवले व्यापारिक यात्रामा गएका धेरैलाई असहज र असुरक्षित महसुस गराएको छ ।

व्यापारिक हिसाबमा पनि उनीहरू असन्तुष्ट छन्। चिनियाँ व्यापारीहरूले मनपरी मूल्यमा सामान बेच्ने, पुराना सामान जबर्जस्ती दिने, र स्थानीयहरूले आफ्ना सामान उचित मूल्यमा बेच्न नपाउने स्थिति रहेको उनीहरूको गुनासो छ ।

सामानको मूल्य दिनदिनै बढिरहेको र पसल छान्न नपाउँदा उनीहरू थप आर्थिक दबाबमा परेको बताइन्छ। खासगरी जडिबुटी बिक्रीमा समेत समस्या उत्पन्न भएको छ, जहाँ उनीहरू प्रतिस्पर्धात्मक मूल्यमा आफ्नो सामान बेच्न असमर्थ भएका छन् ।

यस व्यापारिक असन्तुष्टिले चिनियाँ सुरक्षाकर्मी र व्यापारीहरूको व्यवहारमाथि गम्भीर प्रश्न खडा गरेको छ । चुमवासीहरूले यस प्रकारको दुर्व्यवहार र अन्यायको विरोध गर्दै, भविष्यमा यस्ता घटनाको सुधारका लागि सम्बद्ध निकायसँग पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register