एमालेको ‘मिसन ८४’ अभियान: सबै सदस्यले हरेक वर्ष एउटा कक्षा लिनैपर्ने

काठमाडौं। नेकपा एमालेले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी चुनावको तयारीलाई मध्यनजर गर्दै १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित यो कार्ययोजनालाई शुक्रबार अनुमोदन गरेको हो । वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूका लागि शिखर सम्मेलन आयोजनासम्मका विभिन्न महत्वपूर्ण विषयहरू समेटिएका छन् । […]

Sep 13, 2024 - 12:40
 0
एमालेको ‘मिसन ८४’ अभियान: सबै सदस्यले हरेक वर्ष एउटा कक्षा लिनैपर्ने

काठमाडौं। नेकपा एमालेले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी चुनावको तयारीलाई मध्यनजर गर्दै १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित यो कार्ययोजनालाई शुक्रबार अनुमोदन गरेको हो ।

वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूका लागि शिखर सम्मेलन आयोजनासम्मका विभिन्न महत्वपूर्ण विषयहरू समेटिएका छन् ।

यस योजनाअनुसार एमालेका सबै सदस्यले हरेक वर्ष अनिवार्य रूपमा कम्तीमा एउटा कक्षा लिनुपर्ने व्यवस्था गरिएको छ । महासचिव पोखरेलले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न यो कार्ययोजना महत्त्वपूर्ण भएको बताए ।

१८ बुँदे कार्ययोजना यस प्रकार छन्:

१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण: पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणलाई प्रभावकारी बनाइनेछ।

२. नियमित अधिवेशन आयोजना: कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन सम्पन्न गरिनेछ।
३. नेता र कार्यकर्तालाई जिम्मेवारी: अन्य पार्टीबाट प्रवेश गरेका र अधिवेशनमा पराजित भएका नेता तथा कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिइनेछ।
४. कामको मूल्यांकन गर्ने विधि: कार्यकर्ताको कामको मूल्यांकनको विधि बसालिनेछ।
५. कमिटी परिचालन र व्यवस्थापन प्रणाली: पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली निर्माण गरिनेछ।
६. पार्टी स्कूल अभियान: पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाइनेछ। प्रत्येक सदस्यले वर्षमा कम्तीमा एउटा कक्षा लिनुपर्नेछ।
७. सरकार र जनप्रतिनिधिको प्रभावकारिता: जनप्रतिनिधिहरूको कामको मूल्यांकन गरी जनतालाई जानकारी गराइनेछ।
८. पार्टी कार्यालयहरूको व्यवस्थापन: केन्द्रदेखि वडासम्मै पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गरिनेछ।
९. प्रचारमा सोसल मिडिया प्रयोग: प्रचारलाई व्यवस्थित गर्न सोसल मिडिया नेटवर्किङ अनिवार्य गरिनेछ।
१०. कामका नयाँ क्षेत्र पहिचान: जिम्मेवारी नपाएका सदस्यहरूलाई नयाँ क्षेत्रमा परिचालन गरिनेछ।
११. वार्षिक बजेट र स्रोत परिचालन: प्रत्येक कमिटीले वार्षिक बजेट तयार पारेर स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्नेछ।
१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण: पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा अगाडि बढाइनेछ।
१३. मिसन ८४ को तयारी: सबै कमिटीले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा बहुमत प्राप्त गर्ने योजना बनाउनेछ।
१४. प्रवासी काम: प्रवासीबीचको कामलाई देश हितको पक्षमा परिचालन गरिनेछ।
१५. केन्द्रीय कार्यालय भवन निर्माण: पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गरिनेछ।
१६. ७५ वर्षको अवसरमा अधुरा काम सम्पन्न: नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका अधुरा कामहरू सम्पन्न गरिनेछ।
१७. नियमित रिपोर्टिङ प्रणाली: पार्टीमा नियमित रिपोर्टिङ प्रणालीलाई व्यवस्थित गरिनेछ।
१८. युथ समिट आयोजन: ४० वर्षमुनिका युवाहरूका लागि युथ समिट आयोजना गरिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register