प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता पक्षबाट हुनु स्वाभाविक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता पक्षबाट हुनु स्वाभाविक भएको बताएका छन् । बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस शेयर गर्दै महासचिव पोखरेलले प्रचण्डले गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएकाले त्यसको प्रतिवाद सत्तापक्षबाट भइरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता […]

Aug 29, 2024 - 17:35
 0
प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता पक्षबाट हुनु स्वाभाविक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता पक्षबाट हुनु स्वाभाविक भएको बताएका छन् । बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस शेयर गर्दै महासचिव पोखरेलले प्रचण्डले गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएकाले त्यसको प्रतिवाद सत्तापक्षबाट भइरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता पक्षबाट हुनु स्वाभाविक नै हो । त्यसबाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनुपर्दैन ।’

संसद्‌मा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको उनको बुझाई छ । उनले लेखेका छन्, ‘विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरीत नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो ।’

यस्तो छ उनको फेसबुक स्टाटस 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register